Sharing is caring!

11824963_873607009386331_6117743370012632818_n
दमौली १७ साउन । अकला फिल्मस् एण्ड इभेन्टस्ले प्रथम पटक दमौलीमा आयोजना गरेको मिस तनहुँ २०१५ को उपाधि विमलनगरकी सुजना श्रेष्ठले हात पारेकी छन् ।

शनिबार राती भएको प्रतियोगितामा १६ प्रतियोगिलाई पछाडि सुजनाले सो उपाधि हात पारेकी हुन् । उपाधि सगै सुजनाले १ लाख नगद र स्कुटर पुरस्कार पाएकी छन् । मिस तनहुँ २०१५ को उपाधि हात पारेकी सुजनाले टयालेन्ट राउण्ड, भर्सटाइल ,स्टार्टिङ राउण्ड समेत जितेकी छन् ।

11815957_871579142922451_2027319401_n

त्यस्तै मिस तनहुँ २०१५ मा सन्जु घलेले फस्ट रनर अप , अन्जना कोइरालाले सेकेण्ड रनर अप ,अविना रोक्काले भ्यूअर्स अवार्ड जितेका छन् । त्यसैगरी रचना श्रेष्ठले वेष्ट हेयर, मनिता गुरुङले वेष्ट स्माइल, पुष्पा रानाले बेष्ट आई,सुसान दरैले फोटो जेनिक ,मोनिका हिस्टाङले मोष्ट डिसिपिलिन, कृष्ण थापा मगरले मिस फ्रेण्डली ,शुभद्रा मल्लले मिस पपुलर  र कञ्चन श्रेष्ठले मोस्ट हेलफुलको उपाधि जितेका छन् ।

प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गी ,संगितकार सुरेश अधिकारी, गायक राज सिग्देल ,नायक आर्यन सिग्देल ,कलाकार निर्मल शर्मा लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।सो अवसरमा विभिन्न सांगेतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares