Sharing is caring!

received_483596328790748असोज १६ गते दमौली।

अमेरिकाको दोस्रो पुस्तामा चर्चित नेपाली युवा समाजसेवी तथा राजनितीकर्मी सोमनाथ घिमिरेको सक्रियतामा विराटनगरमा एउटा  पुलको काम गर्ने भएका छन्।

विराटनगरको विकासमा अमेरिकाका बिभिन्न राज्यका  महानगरपालिकाका प्रमुखहरु सँग सम्पर्क र पहल गर्दै नेपालमा एउटा पक्की पुलको निर्माण गर्ने भएका हुन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको अमेरिका भ्रमणका अवसरमा विराटनगरको सामाजिक, शैक्षिक, औद्योगिक उन्नतिका साथ साथै राजनैतिक इतिहासको केन्द्रका रुपमा प्रवर्धन गर्न विराटनगर महानगरपालिका तथा अमेरिकी शहरका  महानगरपालिकाका प्रमुखहरु को कार्यालयका बीच थप समझदारी कायम गर्दै अगाडि बढ्न सहमत भएका छन।

received_531177504012862

विराटनगर महानगरका प्रमुख भिम पराजुली साकाहारी र आध्यात्मिक स्वभाव राख्ने चिया मिठाई प्रेमी मात्र होईनन् केही गरौँ भन्ने भावना भएका  दुरदृष्टि राख्ने नेतृत्व कर्ता समेत भएकाले न्यूयोर्कसँगको समन्वयमा विराटनगरले लाभ लिन सक्ने कुरा अमेरिकी नेपाली युवा सोमनाथ घिमिरेले बताउछन्।

महानगर प्रमुख पराजुलीसँग घिमिरेले विराटनगरमा २०४५ साल देखि सँगै ने वि सघं, शिक्षक सघं हुदै नेपाली काग्रेंसको सबै अान्दोलमा सँगै संघर्ष गरेको स्मरण गर्दै घिमिरेले अब फेरी मिलेर विराटनगरलाई राम्रो र अाधुनिक नमुना शहर बनाउने अवसर अाएकोमा खुशी व्यक्त गरे।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares