Sharing is caring!

 

30942181_1683727525040938_1871319989_oसेतीमादी संवाददाता

बैशाख १६ गते

नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन ६ मे २०१८ अर्थात बैशाख २३ गते आईतबार सौल स्थित जुङ्गु कुमिन ह्वेग्वान दोङदेमुनमा हुने भएको छ ।

सो अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु गगनकुमार थापा,गोविन्द भट्टराई र महेन्द्र यादव कोरीया आउने जनसम्पर्क समितका सभापति गिरिराज कुंवरले जानकारी दिए ।
कोरियामा रहेका सम्पुर्ण लोकतन्त्रप्रेमी कांग्रेसजन र अन्य दलका भातृ संगठनका प्रमुख,बुद्धिजीवी,व्यापारी,विद्यार्थी लगाएत कोरियामा रहेका नेपालीहरुलाई उपस्थित हुन आयोजकले आग्रह समेत गरेको छ । कार्यक्रम भव्य तरीकाले मनाउने तयारी गरिएको महामन्त्री जितेन्द्र महताले जानकारी दिएका छन्।

“सभापतिमा मल्ल बलियो दाबेदार”
उक्त अधिवेशनमा हाल जनसम्पर्क समितिको सल्लाहकारमा रहेकी आस्था बिन्दु मल्ल सभापतिको प्रमुख दाबेदार रहेकी छन् ।लामो समयदेखि जनसम्पर्क समिति र रोजगारीको शिलशिलामा कोरियामा अप्ठयारोमा परेकालाई सहयोग गर्दै आएकी समाजसेवी मल्लको जित पनि सुनिश्चित रहेको छ ।१५८ जना भोटर रहेकोमा मल्लको पक्षमा बहुमत रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares