Sharing is caring!

sarmila

दमौली २९ मंसिर । तनहुँ घर भएकी महिला फुटबल खेलाडी शर्मिला थापा महिला तर्फ राष्ट्रिय फुटबल टिममा परेकी छन् ।

नेपाली सेनामा कार्यरत थापा दुईसाता अगाडि भएको छनौटमा राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् । २३ बर्षिय विगत ३ बर्ष देखि नेपाली सेनामा कार्यरत रहेकी छन् । तनहुँको बैदी गाउ विकास समिति वडा ३ पुख्यौली घर भएकी थापाका परिवार हाल व्यास १ भादगाउँमा बस्दै आईरहेका छन् ।

निर्मल माध्यमिक विद्यालयलबाट एस.एल.सी . र पराशर कलेजबाट उच्च माध्यमिक तहको शिक्षा हासिल गरेकी थापा जिल्लामा रहँदा नवयुवा क्लव र हैरान्स युवा क्लबबाट मैदानमा उत्रने गर्दथिन । आफ्नो क्लवकी पूर्व सदस्य एवं खेलाडी थापा महिला तर्फ राष्ट्रिय टिममा पर्नु खुसीको विषय भएको क्लवका अध्यक्ष जीवन चन्द ठकुरी बताउँछन् । थापाको सफलताले सिङगो क्लव परिवार हर्षित भएको अध्यक्ष ठकुरीको भनाई रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares