Sharing is caring!

दमौली २८ असोज । विजयी दशमी,दिपावली ,छठ र नेपाल सम्वतको अवसर पारेर व्यास १० मा शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संगठन मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । काग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन थालेको वरिष्ठ नेता पौडेलको भनाई थियो । कार्यक्रममा पूर्व सांसद धु्रव वाग्ले ,रामचन्द्र पोखरेल , नेविसंघका सहमहामन्त्री लक्ष्मीभक्त खनाल ,वडा अध्यक्ष तुलसीराम सापकोटा लगायतले बोलेका थिए ।
यसैगरी वडा नं ११ द्धारा बेलटारीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो ।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गाउँ गाउँमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरेर संगठन मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । साथै विभिन्न कारणले निर्वाचनमा पराजय भोग्नु परेपनि आगामी निर्वाचनका लागि अहिले देखिनै तयारीमा जुट्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल तरुण दल वडा नं ११ का सभापति राजु खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद डोवाटे वि.क. , पूर्व सांसदद्धय धुव्र वाग्ले ,महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार , जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल , वडा संयोजक विकास विकासचन्द्र भट्राई ,वडा नं ११ वडा अध्यक्ष निरबहादुर खड्का , बुथ संयोजक दलबहादुर दुरा ,तरुण दलका जिल्ला अध्यक्ष वीरबहादुर थापा ,राधा खनाल ,पदमराज खनाल ,कृष्ण रुचाल लगायतले बोलेका थिए । सोही अवसरमा प्रमुख अतिथी भण्डारीले पार्टीको वडा कार्यालय समेत उद्घाटन गरेका थिए । उक्त अवसरमा खड्का नेतृत्वमा नेपाल तरुण दल वडा नं ११ को समिति गठन गरिएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares