Sharing is caring!

दमौली १८ असोज । वडा नं १ को वडा कार्यालयको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा )को टोली बुधबार नगरप्रमुख बैकुण्ठ न्यौपाने समक्ष डेलिगेसन गएको छ ।
नेकपाका जिल्ला स्तरीय नेताहरु शंकर नारायण श्रेष्ठ ,अतिन्द्रकेशरी न्यौपाने , श्रीराम कार्की, मनुमाया श्रेष्ठ ,निर्मल पण्डित तथा वडा स्तरीय नेताहरु गंगा पोखरेल र सूर्यबहादुर केसी, श्रीप्रसाद न्यौपाने लगायत सहभागी थिए । सहभागीहरु वडा कार्यालय भादगाउँ खिरखादी खानेपानी योजनाको कार्यालयमा ल्याउन लागिएको भन्दै आपत्ति जनाएका थिए । यता नगरप्रमुख न्यौपानेले भने छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares