Sharing is caring!

दमौली २४ भदौं । तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा तनहुँ पर्यटन तथा साँस्कृतिक महोत्सव एवं वन्दिपुर भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
वन्दिपुर गाउँपालिका ,वन्दिपुर युनेस्को क्लब र विभिन्न संघसंस्थाको आयोजनामा गरिएको कार्यक्रम शुक्रबार र शनिबार जारी रहेको थियो । कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथी श्रेष्ठले यस किसिमका कार्यक्रमले वन्दिपुरको मात्र नभई सिङगो तनहुँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका थिए । वन्दिपुर र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सक्दो पहल गर्ने समेत सांसद श्रेष्ठको भनाई थियो । सो कार्यक्रममा विभिन्न सांगेतिक प्रस्तुती सहित झाँकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमा अवलोकनका लागि आन्तरिक वाहय पर्यटकहरुको ओइरो लागेको थियो । कार्यक्रमले बन्दिपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीयहरुको भनाई रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares