Sharing is caring!

दमौली ३१भदौं । व्यास १ गल्बुवेसीमा सञ्चालनमा ल्याइएको छाब्दी वाराही मोटर पार्टस एण्ड वर्कशपको शनिबार उद्घाटन गरिएको छ ।
सो मोटर पार्टस एण्ड वर्कशपको नेपाल हेभिइक्वुमेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दे प्रमुख अतिथी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मोटर पार्टस एण्ड वर्कशप सञ्चालनमा आएसगै यस क्षेत्रका व्यवसायीहरुलाई सुविधा पुग्ने बताएका थिए ।साथै निर्माणको अभियानमा व्यवसायीहरुको समेत महत्वपूर्ण योगदान रहेको श्रेष्ठको भनाई रहेको थियो ।

छाब्दी वाराही मोटर पार्टस एण्ड वर्कशपका अध्यक्ष वुद्धकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हेभिइक्वुमेन्ट महासंघका महासचिव उमाकान्त शर्मा ,केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला अध्यक्ष अमृत घिमिरे , तनहुँ ट्याक्टर व्यवसायी समितिका अध्यक्ष तुलसीराम सापकोटा, व्यवसायी ज्ञानेन्द्र वसौला लगायतले बोलेका थिए ।
शनिबार सञ्चालनमा ल्याइएको पार्टस एण्ड वर्कसपमा हेभिइक्वुमेन्ट र टयाक्टरका पार्टस पाइनुका साथै मर्मत कार्य समेत गरिने छ । करिब १ करोडको लगानीमा पार्टस एण्ड वर्कशप सञ्चालनमा ल्याइएको सञ्चालकहरुले जनाएका छन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares