Sharing is caring!

IMG_3830
दमौली ७ चैत । मकवानपुर जिल्ला अम्बास गाउँ विकास समिति वडा नं ३ अम्बासका ४५ बर्षिय अर्जुन मगरलाई आफ्नो खुट्टा काटिएपछि कृत्रिम खुट हाल्ने धोको रहेको थियो ।

तर खुट्टा हाल्नका लागि ३० हजार नपुग्दा उनको धोको अधुरै रहेको छ । कृत्रिम खुट्टा हाल्नका लागि भनेर मगरले जेनतेन गरी ४० हजार जुटाएका छन् ।तर ३० हजार रकम नपुग्दा उनी यतिखेर दैलो दैलोमा पुगेर सहयोग जुटाउँदै छन् । यसरी जुटाउँदै हिड्ेका मगर आइतबारदमौली आइपुगेका छन् ।
दमौली एक स्थानीय होटलमा सहयोग जुटाउँदै गर्दाको अवस्थामा भेटिएका मगर सहयोगका लागि भनेर आफू हालका उपप्रधानमन्त्री कमल देखि जिल्ला तहका नेताहरु कहाँ पटक पटक पुगेको बताउँछन् ।तर कसैले सहयोग नगरेपछि नेताको धाउन छाडेको उनी बताउँछन् । त्यस्तै अपाङगता सम्बन्धी काम गर्ने झण्डै एक दर्जन संघसंस्थामा समेत कृत्रिम खुट्टा सहयोग गरि दिन आग्रह गर्दे पुगेको भएपनि कुनैपनि संघ संस्थाले सहयोग नगर्दा आफूलाई अत्यन्त दुःख लागेको मगरको भनाई रहेको छ ।
IMG_3836
श्रीमती , १ छोरा र १ छोरीका अभिभावक मगर ५ बर्ष अगाडि खुट पोल्ने समस्याले सताएको बताउँछन् । सुरुमा त देवी देउता लागेको होला भने झारफुक मा नै लागे पछि अस्पताल पुग्दा डाक्टर खुट काट्नु पर्दछ भने । खुट काट्दा  र औषधी गर्दा झण्डै लाख खर्च भएको मगर बताउँछन् । आफू सगं त्यति धेरै पैसा थिएन गाउँलेहरु संग सापटी लिएर उपचार गरे ,पछि गाउँलेको सापटी तिर्न आफू संग भएको ९ रोपनी जग्गा मध्ये  ५ रोपनी जग्गा बेचे मगरले भने ।

आफन्त भनेका पनि हुने खाने हुँदा मात्र रहेछन् अहिले दुःख पर्दा सहयोग माग्छ कि मुन्टो फर्काएर हिड्छन् मगरले भने । आफन्त मुन्टो फर्काएर हिडेपनि आफूलाई कुनै चित्त दुखाई नभएको मगर बताउँछन् । सहयोग माग्दै हिडेको छु जुट्छ भन्ने आशा छ मगरले भने ।

 

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares