Sharing is caring!

13393903_1110084005696717_770518304808179096_n
दमौली ३१ साउन । व्यास नगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा व्यास ११ निवासी राजेन्द्रबहादुर अधिकारी मनोनित भएका छन् ।
व्यास नगरपालिकाको साउन २३ गते बसेको बोर्ड बैठकले अधिकारीलाई अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा मनोनित गरेको हो । अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा मनोनित अधिकारीलाई अन्तराष्ट्रिय नगरपालिकाहरु एवं अन्तराष्ट्रिय नियोग तथा दाताहरुसंग व्यास नगरपालिकाको सम्बन्ध विकास ,विस्तार र सहयोग अभिबृद्धि गर्ने जिम्मेवारी दिइएको छ ।त्यस्तै अधिकारीलाई अन्तराष्ट्रिय भ्रमण तथा आदान प्रदान अन्य सहयोग आदान प्रदानको जिम्मेवारी समेत नगरपालिकाले दिएको छ । व्यास नगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा मनोनित अधिकारीले यस अघि वातावरण मन्त्रालय ऊर्जा डाईरेक्टरका रुपमा रही काम गरेको अनुभूव छ भने हाल विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा रही काम गरिरहेका छन् ।
अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा मनोनित अधिकारी व्यास नगरपालिकाको सम्बन्ध अन्तराष्ट्रिय स्तरमा जोड्ने आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँछन् । अन्तराष्ट्रिय सम्बन्ध सल्लाहकारमा मनोनित अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares