Sharing is caring!

45395485_756186044735385_5384154050029682688_n (2)
दमौली १९ कार्तिक मध्यनेपाल नगरपालिकाका प्रमुख एवं नेपाली काग्रेसका महासमिति सदस्य रमेश पाण्डेलेले काग्रेसको महासमिति बैठकमा हिन्दू धर्मको मुद्धालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

45383132_753378781672489_520311450841907200_n
विदेशीहरुको ईशारामा नेपालमा धर्म निरपेक्षता गरिएको हुँदा यो नेपाली जनतालाई स्वीकार्य नहुने समेत प्रमुख पाण्डेको भनाई थियो । सो कुरा पाण्डेले सोमबार व्यास जन्मभूमि दमौलीमा जारी महामिलनमा बताएका हुन् । त्यस्तै हिन्दू धर्म माथि चौतर्फी प्रहार भएको हुँदा हिन्दू धर्मको संरक्षणमा जुट्नपर्ने समेत प्रमुख पाण्डेको भनाई थियो । हिन्दू धर्मको संरक्षण गर्ने उदेश्यले आफूले मध्यनेपाल नगरपालिकालाई धार्मिक नगरीका रुपमा घोषणा गरेको समेत प्रमुख पाण्डेको भनाई थियो । हिन्दू धर्मको रक्षाका लागि जस्तो सुकै मूल्य चुकाउन पनि आफू तयार रहेको समेत पाण्डेको भनाई थियो ।

45450034_1967340146680192_1001114481075421184_n

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares