Sharing is caring!

डम्बर अधिकारी
महिलाद्धारा व्यास ८ चापाघाटमा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रमको स्तर उन्नतीका लागि सप्ताह व्यापी ज्ञान महायज्ञ आयोजना गरिएको छ । सप्ताहव्यापी ज्ञान महायज्ञमा दान दिने क्रम जारी रहेको छ । यसै सिलसिलामा महायज्ञको उद्घाटनका दिन कसमस नेपाल मेनपावरकी प्रवद्र्धक सुनिता रावलले ८ लाख १ हजार १ सय रुपैयाँ  दान दिएकी छन् । महायज्ञमा दान दिने रावल दमौलीकी चेली हुन् । आफ्नो माइती गाउँमा सञ्चालन गरिएको जेष्ठ नागरिक आश्रमको स्तर उन्नतीका लागि रावलले जुन दान दिएकी छन् ।त्यो निकै महत्वपूर्ण रहेको छ ।
m2
यस अर्थमा महत्वपूर्ण रहेको छ कि परापूव कालदेखि हेर्दे आउने हो भने  चेलीहरुलाई माइती पक्षले दिने गर्दछन् ।तर दमौलीकी चेली रावलले माइती पक्षले आयोजना गरेको महायज्ञमा खुलेर दान दिएकी छन् । यो उनको महानता हो ।तसर्थ रावलले गरेको यो महान कार्यलाई सम्पूर्ण दमौलीबासीले मुरी –मुरी धन्यवाद दिनुपर्दछ । पछिल्लो समयमा हेर्ने हो भने दुनियाँ मै खाऊ ,मै लाऊ ,मै मोज मस्ती गरु भन्ने भावनामा  दौडिरहेको छ । उमेरका हिसाबले हेर्ने हो भने रावल पनि त्यही उमेरकी  रहेकी छन् । तर रावलले भने मै खाऊ ,मै लाऊ ,मै मोज मस्ती गरु भन्ने भावनालाई त्यागेर जेष्ठ नागरिक आश्रमको स्तरका लागि सहयोग गरेकी छन् । तसर्थ मनकी धनी रावलबाट पाठ सिक्दै अन्य दमौलीबासीले समेत तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरिएको सप्ताह व्यापी ज्ञान महायज्ञमा सहयोग गर्नु अपरिहार्य देखिएको छ ।

अन्यथा दमौलीकी चेली रावल अगाडि हामी दमौली बासीले शीर ठाडो गरेर हिड्ने अवस्था रहँदैन ।आशा गरौ, यो जेष्ठ नागरिक आश्रमको स्तर उन्नतीका लागि आयोजना गरिएको महायज्ञमा दमौलीबासीले अवश्य पनि ढिलो छाती पारेर दान दिनेछन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares