Sharing is caring!

 

44715870_750130518675044_826803254842097664_nदमौली ७ कार्तिक ।

तनहुँ अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन  क्रियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

44731993_327360578068559_1265873702768082944_n

सोसाईटीका तर्फबाट बुधबार एक कार्यक्रमका बिच महासचिव कृष्णजीवी पन्थले क्रियापुत्री भवन निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान हुन् । महासचिव पन्थले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने र क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा जानकारी दिए अनुसार न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायत विभिन्न शहरमा बस्ने ४२ जना तनहुँङगेहरुबाट उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो ।

44732005_2248596125212854_229385059293986816_n

सो अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख मिरा जोशी, वडा नं ४ का वडा अध्यक्ष विश्व न्यौपाने , भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले सहयोग प्रदान गरेकोमा महासचिव पन्थ लगाएत अन्य सहयोगी दाताहरुलाई आभार व्यक्त गरेका थिए ।
सोसाइटीका महासचिव पन्थले विदेशमा रहेर पनि मातृभूमि प्रति केही गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भएर आफूहरुले रकम सहयोग प्रदान गरेको कार्यक्रममा बताएका थिए ।
सोही रकम हस्तान्तरण कार्यक्रममा महासचिव पन्थलाई समितिका तर्फबाट दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।

44815448_556849004756474_5444671002518749184_n

44635840_291660818341308_3735222118325944320_n

44791402_176490139941475_7462693418410442752_n

44633536_299071070821838_2469124974179254272_n (1)

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares