Sharing is caring!

 

दमौली ६ कार्तिक । अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौ,भाषा सस्कृतिको जगेर्ना गर्दे पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो आदिवासी जनजाति महोत्सवको तयारीमा आयोजक नेपाली आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद जुट्न थालेको छ ।
आदिवासी जिल्ला समन्वय परिषदको आयोजनामा कार्तिक ३० देखि मंसिर १० गते सम्म तेस्रो आदिवासी जनजाति महोत्सव आयोजना गरिदैछ । महोत्सवकी मूल संयोजक आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तिले जानकारी दिएअनुसार रमाइलो मेलाको संझौता कार्य सम्पन्न भईसकेको छ भने स्टल बुकिङ समेत अन्तिम चरणमा पुगेको छ । त्यस्तै प्रचार प्रसार सामाग्री निर्माण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।एक दुई दिन भित्रमा नै प्रचार प्रसार कार्य समेत अगाडि बढाइने संयोजक घर्तिले बताइन् । मूल संयोजक घर्तिका अनुसार महोत्सवमा आदिवासी नमूना गाउँ भ्रमण, विभिन्न जातजातिका खानाका स्टलहरु , आदिवासी जनजातिको संस्कृति प्रर्दशनी , ऊँटको नृत्य , विज्ञान तथा शैक्षिक प्रर्दशनी, जलबिहार ,विभिन्न सांगेतिक कार्यक्रम ,अटोमोवाइल प्रदर्शनी लगायत महोत्सवको आकर्षण रहनेछन् ।

यसैबीच महोत्सवमा अहिलेका चर्चित गायक टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको समेत प्रस्तुती रहने भएको छ । यिनिहरुका अलावा बद्री पंगेनी, पशुपति शर्मा, लगायतको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares