Sharing is caring!

obama-diwali-final_wjkdq25sfl
एजेन्सी |
कात्तिक १५, २०७३
सन् २००९ मा पहिलोपटक दीपावली मनाएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले निरन्तर मनाइरहेका छन्।
दिपावलीको अवसरमा यसवर्ष पनि ह्वाइट हाउसमा दीप प्रज्वलन गरी राष्ट्रपति ओबामाले दीपावली मनाएको तस्वीर सार्वजनिक भएको छ। ओबामाले दीपावलीको अवसरमा सन्देश समेत जारी गरेका छन्।’विश्वभर उज्यालोको पर्व दीपावली मनाइरहेकाहरुलाई शुभकामना,’ उनको सन्देशमा भनिएको छ। सन् २००९ देखि ओबामाले दीपावली मनाउन थालेका थिए। उनले आफ्नी पत्नी मिचेलका साथमा दीप प्रज्वल गरी ह्वाइट हाउसमा मनाएको पर्वलाई निरन्तरता दिँदै आएका छन्।
दीपावलीको अवसरमा न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पनि विशेषरुपमा सजाइएको छ। मुख्यालयको भवनमा ह्याप्पी दीवाली लेखिएको छ।
 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares