Sharing is caring!

thai
विहीबार ८८ वर्षको उमेरमा निधन भएका थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज दुनियाँमा सबैभन्दा धेरै समय शासन गर्ने सम्राट हुन् । उनको ७० वर्षे शासनकाल र वाल्यकालबारे फेरि एकचोटि विश्वभरका मिडियामा चर्चा सुरु भएको छ ।

भूमिबोलको लामो शासनकालमा थाइल्याण्डमा कैयौंपटक सेनाले सत्तापलट गर्‍यो । तथापि थाई जनता राजालाई यस प्रकारले हेर्थे कि उनी नै राजनीतिक स्थायित्व ल्याउन सक्ने शक्ति हुन् ।

थाइल्याण्डमा राजा भूमिबोलको छवि यस्तो पिताको जस्तो थियो, जो दयालु थिए र राजनीतिभन्दा माथि थिए । यद्यपि उनले एकाधपटक राजनीतिक तनावको माहौलमा राजनीतिक हस्तक्षेप पनि गरेका थिए ।

भूमिबोल संवैधानिकरुपले बनाइएका राजा थिए । उनको अधिकार सीमित थियो । तर, थाइल्याण्डमा उनलाई धेरथोर भगवानको दर्जा प्राप्त थियो ।

अमेरिकामा जन्म, १८ वर्षमा राजा

भूमिबोलको जन्म पाँच डिसेम्बर १९२७ मा अमेरिकाको म्यासाच्युसेट राज्यको क्याम्बि्रज इलाकामा भएको थियो । उनका पिता पि्रन्स माहिडोल अदुन्यदेज त्यस समय हार्वर्ड विश्वविद्यालयमा पढ्थे ।

पछि उनको परिवार थाइल्याण्ड फर्कियो । तर, भूमिबोल दुई वर्षको हुँदा उनका पिताको निधन भयो ।

त्यसपछि भूमिबोलकी आमा स्वीट्जरल्याण्ड गइन् । भूमिबोलको शिक्षादीक्षा पनि उतै भयो ।

_91912298_3
एक युवाका रुपमा भूमिबोलको शोख फोटोग्राफी, खेल खेल्ने, बाजा बजाउने र गीत लेख्ने थियो । उनी पेन्टिङ एवं लेखनसमेत गर्थे ।

सन् १९३२ मा थाइल्याण्डमा सक्रिय राजतन्त्र खत्तम भयो । त्यसपछि थाई राजशाहीको पतन हुनै लागेको थियो । सन् १९३५ मा एउटा ठूलो झड्का त्यसबेला लाग्यो, जब भूमिबोलका काका किङ प्रजादीपकले राजाको पद छाडिदिए ।
त्यसपछि राजगद्दीमा भूमिबोलका दाजु आनन्द आए, जो ९ वर्षका मात्रै थिए ।

सन् १९४६ मा आनन्दको दूर्घटनामा मृत्यु भयो । निशानाबाजीका क्रममा उनी दुर्घटनामा परेका थिए । यो दुर्घटना राजदरबारभित्रको घटना थियो, जसको यथार्थ विवरण कहिल्यै बाहिर आएन ।

भूमिबोल जब राजगद्दीमा बसे, त्यसबेला उनी १८ वर्षका थिए । त्यसपछि उनी ७० वर्षसम्म राजगद्दीमा रहे । उनको शासनकालमा थाइल्याण्डको राजनीति र विकासमा धेरै परिवर्तन एवं उतार-चढावहरु आए ।

राजा बनेपछि अध्ययनका लागि विदेशतिर

भूमिबोलको शासनका सुरुवाती दिनमा उनका प्रतिनिधिले शासन गरे । किनकि उनी पढ्नका लागि स्वीट्जरल्याण्ड गए ।

पेरिसमा उनको भेटघाट एवं कुराकानी उनकी भावी पत्नी सिरिकितसँग भयो, जो फ्रान्समा थाइल्ण्डका राजदूतकी छोरी थिइन् । उनीहरुले सन् १९५० अपि्रल २८ मा विवाह गरे । त्यसको ठीक एकहप्तापछि सम्राटका रुपमा राज्यारोहण भयो ।

भूमिबोलको शासनको पूर्वाधका ७ वर्षसम्म सैनिक शासन थियो । सम्राटकै नाममा सेनाले शासन गरेको थियो ।

_91912299_4 (1)
सन् १९५७ मा सैनिक जनरल सरित धनराजतले सत्ता कब्जा गरे । राजाले एक राज्यादेश जारी गरेर उनलाई राजधानीको सैनिक रक्षक घोषित गरे ।

सरितको सैनिक शासनमा राजा भूमिबोलले सक्रिय राजशासन पुनर्जीवित गरे । उनी प्रान्तको भ्रमणमा गए । आफ्नो नामबाट केही विकासका कार्यक्रमहरु, खासगरी कृषि क्षेत्रमा अघि बढाउने अनुमति दिए ।

सैनिक जनरत सरितले त्यो प्रथाको फेरि सूरुवात गरे, जसमा मानिसहरु सम्राटको सामुन्नेमा आफ्नो हात र घुँडाको बलले घस्रनुपर्थ्यो । उनले यस्ता कैंयौं प्रचलनहरु चलाएका थिए, जो पछि बन्द भए ।

सैनिकले सन् १९७३ मा लोकतन्त्रको समर्थनमका भएको प्रदर्शनमाथि गोली चलायो । त्यसबेला भूमिबोलले नाटकीय रुपबाट हस्तक्षेप गरे । प्रदर्शनकारीलाई राजभवनमा शरण लिनका लागि छुट दिइयो । यसको नतिजा यो भयो कि तल्कालीन प्रधानमन्त्री जनरल थामन कित्किकार्चनको शासनको अन्त्य भयो ।

_91913133_5
तर, यसको तीन वर्षपछि अर्थसैनिक रक्षा गुटका मानिसहरुले वामपन्थी विद्यार्थीलाई पिटीपिटी मारे । राजा यसलाई रोक्न असफल रहे । त्यो त्यस समयमा भएको थियो, भियतनाम युद्ध सकिएको थियो र थाइल्याण्डको राजशाहीलाई साम्यवादप्रति सहानुभूति राख्नेहरुसँग डर लागिरहेको थियो ।

सत्तालाई उखेलेर फ्याँक्ने प्रयास त्यसपछि पनि भयो । राजा सन् १९८० मा सेनाका ती अफिसरहरुसँग डटेर खडा भए, जसले प्रधानमन्त्री प्रेम तिनसुलानन्दको सत्ता पल्टाउने कोशिश गरेका थिए ।
त्यसबेला विद्रोहीहरु राजधानीमाथि कब्जा गर्न सफल भए । तर, पछि राजामाथि आस्था राख्ने सैनिकको टुकडीले राजधानी फिर्ता लियो ।

सरकारलाई साथ दिने राजाको प्रवृत्तिका कारण थाइल्याण्डका केही मानिसहरुले उनको निश्पक्षतामाथि प्रश्न उठाए ।

सन् १९९२ मा पहिलेको सैनिक विद्रोहका नेता जनरल सुचिन्द क्रपरायुनले प्रधानमन्त्री बन्ने कोशिश गरे । र, उनी विरुद्ध भएको जनप्रदर्शनमाथि गोली चलाइयो । त्यसमा केही दर्जन प्रदर्शनकारी मारिए ।
राजाको प्रभाव

राजाले सुचिन्द एवं लोकन्त्र समर्थक नेता चामलङ्ग श्रीमुआङलाई बोलाए । र, राजशाही परम्परा अनुसार घुँडा टेकेर राजाका सामु पेश हुन भने । सुचिन्दले राजीनामा दिए । त्यसपछि आम निर्वाचन भयो र लोकतान्त्रिक सरकार पुनःस्थापित भयो ।

प्रधानमन्त्री थाकसिन शिनवात्राको नेतृत्वको संकटका समयमा सन् २००६ को समयमा राजालाई हस्तक्षेप गर्नका लागि बारबार भनियो । तर भूमिबोल यसमा अडिइरहे कि यसो गर्नु उचित हुँदैन ।

अपि्रलमा भएको चुनावमा थाक्सिनले जिते । तर, अदालतले यसलाई रद्द गरिदियो । यसमा राजाको प्रभाव महत्वपूर्ण रहेको मान्ने गरिएको छ ।

अन्त्यमा एक रक्तहीन क्रान्तिबाट थाक्सिनलाई पदबाट हटाइयो । र, सेनाले राजाप्रति आफ्नो आस्था जनायो । त्यसपछि केही वर्षसम्म थाकसिनका समर्थक र विरोधी दुबैपक्षवीच सत्ता संघर्ष चलिरह्यो । दुबैले राजाको नाममा आफ्नो छवि बनाउने प्रयास गरे ।

सन् २००८ मा रोजाको ८० औं जन्मदिनको हर्षोल्लासमा पूरै देश सामेल भयो । यसले थाइल्याण्डको समाजमा उनको अनौठो स्थान बनेको स्पष्ट भयो ।
राजाको सम्मान

Bhumibol
सैनिक जनरल प्रयुत चानओचाले सन् २०१४ मा सत्ता कब्जा गरे । त्यसको केही महिनापछि सेनाद्वारा नियुक्त संसदले चानओचालाई प्रधानमन्त्री बनाइदियो ।

उनले हालका दिनहरुमा देशमा आएको अस्थिरतालाई रोक्नका लागि दूरगामी रावजनीतिक सुधार गर्ने वचन दिएका छन् । तर, उनका आलोचकहरुको बुझाइ छ कि चानओचाको असली प्राथमिकता पूर्वप्रधानमन्त्रीको पार्टीलाई बर्बाद बनाइदिने र राजशाहीमा सहज ढंगबाट सत्ता हस्तान्तरणको वातावरण सुनिश्चित गराउने थियो ।

आम जनतामा राजा भूमिबोलप्रति सच्चा सम्मानको भावना थियो । यसलाई शाही महलको मजबुद जनसम्पर्क विभागले विकसित पनि बनाएको थियो ।

राजद्रहोसँग जोडिएको कानून थियो । यसमार्फत राजपरिवारको आलोचना गर्नेमाथि कडा सजायँ दिने प्रावधान थियो । यसका साथै घरेलु एवं विदेशी मिडियामाथि यो प्रतिबन्ध थियो कि राजाका बारेमा समाचार दिन सकिँदैनथ्यो ।

राजा भूमिबोलको लामो शसनकालमा देशमा धेरै किसिमका राजनीतिक उथलपुथलहरु आए । उनको कूटनीति कौशल एवं आम जनतासम्म पुग्ने शैली थियो । अनुमान गर्न सपिकन्छ कि उनको निधनपछि थाइल्याण्डमा राजशाही पहिलेभन्दा मजबुद हुनेछ ।

भूमिबोलको ८८ वर्षको उमेरमा विहीबार बैंककमा निधन भएको छ । बीबीसीका अनुसार थाइ राजदरबारले उनको मृत्युको पुष्टि गरेको छ ।

पछिल्लो केही दिनदेखि बिरामी परेका भूमिबोलको निधन स्थानीय समय अनुसार विहीबार दिउँसो ३ बजेर ५२ मिनेटमा भएको हो ।
भूमिदेव संसारमा सबैभन्दा धेरैसमय सम्म राज गर्ने राजा मानिन्थे । उनले ७० वर्षसम्म राज गरेका थिए । उनका छोरा युवराज ६४ वर्षका छन् । अब उनले आफ्ना पिताको पद सम्हाल्नेछन् ।

स्रोतः बीबीसी

२०७३ असोज २७ गते २२:४५ मा प्रकाशित

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares