Sharing is caring!

45135320_1918881571536705_8908725442874179584_n

हुक्का १५ कार्तिक ।भिमाद नगरपालिका वडा नं १ हुक्कामा बिहिबार काग्रेसले सभा आयोजना गरेको छ ।

45140521_348127125940093_1137238495950012416_n

सो सभालाई नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दे पूर्वमन्त्री भण्डारीले जनताको अधिकार सुनिश्चितका लागि काग्रेस सधै लड्ने बताएका थिए । काग्रेस लडेकै कारण २००७ सालको परिवर्तन देखि संविधान निर्माण भएको पूर्वमन्त्री भण्डारीको भनाई थियो । त्यस्तै पूर्वमन्त्री भण्डारीले कम्युनिष्टहरुले झुट्टा आश्वसन मात्र बाँडेको पूर्वमन्त्री भण्डारीको भनाई थियो । कम्युनिष्टहरुको धम्कीका कारण डराउनु नपर्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो । दलितहरुको बस्ती रहेको हुक्कामा केही दिन अगाडि एक सय जना काग्रेसमा प्रवेश गरेका थिए ।काग्रेस प्रवेश गरेकाहरुलाई नेकपा नेता तथा कार्यकर्ताले धम्काएको विषय सार्वजनिक भएको थियो । सो विषय जानकारी भएपछि पूर्वमन्त्री भण्डारी हुक्का पुगेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares