Sharing is caring!

45235661_267589037233440_641296938653712384_n

दमौली १४ कार्तिक । नेपाली काग्रेस केन्द्रीय सदस्य एवं शंकर भण्डारीले यहि गति र मतिले सरकार पाँच वर्ष टिक्ने वाला नरहेको बताएका छन् ।
वर्तमान सरकार गठन हुँदा आम सर्वसाधारणले ठूलो आशा राखेका थिए तर सरकार प्रतिको आशा र भरोसा टुट्दै जान थालेको छ पूर्वमन्त्री भण्डारीले भने । सो कुरा पूर्वमन्त्री भण्डारीले नेपाली काग्रेस आँबुखैरेनी र नेपाल महिला संघ आँबुखैरेनीद्धारा बुधबार आँबुखैरेनीमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बताएका हुन् । मुलुकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि शान्ति सुरक्षा विग्रदै जानुका साथै महङगी र भष्ट्रचार बढेको पूर्वमन्त्री भण्डारीको भनाई थियो । त्यस्तै वर्तमान सरकार गठन भएसगै प्रहरी प्रशासन देखि न्यायलयमा समेत हस्तक्षेप बढेको पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
सत्ता सञ्चालनका लागि ८ महिना लामो अवधि तर ८ महिना कम पनि होइन पूर्वमन्त्री भण्डारीले भने । ९ माहिनाको अवधिमा आफू सरकारको मन्त्री हुँदा थुप्रै काम गरेको तर अहिलेको सरकार र जनप्रतिनिधीलाई उल्लेखनीय कार्य गर्न नसकेको पूर्वमन्त्री भण्डारीको भनाई थियो । आफू जिल्लाको जनप्रतिनिधी हुँदा क्षेत्र नं १ मा मात्रै २ अर्ब भन्दा बढीका विकास परियोजनाका काम भएको पूर्वमन्त्री भण्डारीको भनाई थियो । नेकपा अध्यक्ष देखि नेता तथा कार्यकर्ताहरु काग्रेसलाई गाली गरेर पार्टी र आफूलाई राम्रो भन्न खोज्दैछन् तर यो सरासर गलत हो पूर्वमन्त्री भण्डारीले भने । काग्रेसले यो मुलुकमा के गरेन फर्केर हेर्न भण्डारीले आग्रह गरे । २००७ सालको परिवर्तन देखि संविधान निर्माणको अगुवाई कस्ले गरयो भण्डारीको प्रश्न थियो । त्यस्तै आँबुखैरेनी गाउँपालिकाको विकासका लागि आफूले विगतमा सक्दो प्रयास गरेको र आगामी दिनमा समेत गर्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares