Sharing is caring!

45073247_1934879519925736_3171583926460219392_n (1)

तनहुँको सदरमुकाम दमौलीमा संसदको झल्को दिने झण्डै आधा दर्जन चिया पसल छन् । यि चिया पसलमा हरेक बिहान विभिन्न राजनीतिक दलका केन्द्रीय देखि स्थानीय नेताहरु उपस्थित हुने गर्दछन् । अनि चियाको चुस्की सगै सुरु हुने गर्दछ दुई तिहाई देखि सत्तापक्ष र प्रतिपक्षको वहस ।

45000631_1934879383259083_4653910275706060800_n

यस्तै वहस भयो मंगलबार दमौली स्थित छोले माइला दाईको चिया पसल , सुरेश चिया पसल , विकास चिया पसल र रुचन खाजा घरमा पनि काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी उपस्थित हुँदा । व्यास ३ स्थित सुरेश चिया पसलमा जब काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी पुगे यत्रतत्र छरिएर रहेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,सर्वसाधारण र कर्मचारी टेबल झुरुप्प हुन पुगे । पूर्वमन्त्री भण्डारी सगै थिए प्रदेश सांसद डोवाटे वि.क. पनि । सञ्चो— विसञ्चो र हाइ हेल्लो पछि सुरु भयो चिया संसदको वहस । चिया संसदको सुरुवातमा नै जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापाले नेकपाका जिल्ला नेता राजेश्वर ढकाललाई देखाउँदै यो संसदमा हामी प्रतिपक्ष र उहाँहरु दुई तिहाई हुनुहुन्छ भनि पूर्वमन्त्री भण्डारीलाई जानकारी गराए । जिल्ला समन्वय समितिका सदस्य थापाले पूर्वमन्त्री भण्डारीले सो विषय जानकारी गराउँदा एक किसिमको हाँसो छायो । सुरेश चिया संसदमा नेकपाको दुई तिहाई भएपनि अन्यमा भने आफूहरुको बहुमत हुने गरेको समन्वयका सदस्य थापाको दावी थियो । त्यसलाई त्यहाँ उपस्थित नेकपाका नेता तथा कार्यकर्ताहरुले सहमति जनाएका थिए । मंगलबार सुरेशको चिया संसदमा दुई तिहाईको मात्र नभई सत्ता पक्षका गरेका गतिविधिका विषयमा राम्रै वहस भयो । जुन वहसमा काग्रेसका र नेकपाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसक्रममा सरकारले चुस्त दुरुस्त ढंगले काम गर्न नसकेको भनि आलोचना समेत भएको थियो । प्रतिपक्ष काग्रेसका नेता तथा कार्यकर्ताहरुले त्यसको खुलेर सर्मथन गरेका थिए भने नेकपा कार्यकर्ताले भने त्यसको बचाउँ गरेको अवस्था थियो । यस्तै वहस मंगलबार यस अघि पूर्वमन्त्री भण्डारी प्रशासन चोक स्थित विकास चिया संसदमा समेत गरेका थिए । उक्त चिया संसदमा पनि पूर्वमन्त्री भण्डारीले नेपाल स्वर्ग जस्तो भएपनि केही गर्न नसकिएको भनि चिन्ता व्यक्त गरेका थिए । यद्यपी हिम्मत हार्न भने नहुने पूर्वमन्त्री भण्डारीको भनाई थियो । गृह जिल्लामा रहेका पूर्वमन्त्री भण्डारी केही दिन यता दमौलीका चिया पसल देखि सर्वसाधारणको दैलो पुगि उनीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी लिदै आईरहेका छन् । गृह जिल्ला आउँदा यसरी सर्वसाधारणहरु संग भेटघाट गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पूर्वमन्त्री भण्डारी रहेको छ ।

45043809_1934879433259078_4959230223649341440_n

यता चिया पसल रुपी संसदमा पूर्वमन्त्री भण्डारी मात्र होइन काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समेत गृह जिल्ला आउँदा देखिन थालेका छन् । त्यस्तै सांसद कृष्ण कुमार श्रेष्ठ समेत गृह जिल्ला आउँदा चिया संसदमा नियमित रुपमा जाने गर्दछन् भने नेकपाका केन्द्रीय सदस्य पीएल श्रेष्ठ, तनहुँ काग्रेसका पूर्व सभापति रघुनाथ पौडेल ,भानु नगरपालिकाका प्रमुख उदयराज गौली दमौलीको चिया संसदमा नियमित रुपमा सहभागी हुने गर्दछन् ।यि मध्ये श्रेष्ठ सुरेश चिया संसदको नियमित सदस्य नै हुन भने पौडेल र गौली अधिकांश चिया संसदका सदस्य हुन ।त्यस्तै व्यास नगरपालिका पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , पूर्व सचिव समुन्द्र गोदार लगायत माइला दाईको चिया संसदका नियमित सदस्य हुन ।तर यि मध्ये व्यास नगरपालिका प्रमुख न्यौपाने पछिल्ला छिटफुट रुपमा अनुपस्थित हुने गरेका चिया संसदका अन्य सदस्यहरुको भनाई रहेको छ ।
ओझेलमा लाङघाली चिया संसद
दमौलीमा हाल सञ्चालनमा रहेका चार चिया संसद मध्ये केही समय अगाडि सम्म राना मेडिकल हलको आडैमा रहेको लाङघाली चिया संसद पनि निकै चर्चित थियो ।उक्त चिया संसदमा काग्रेसका पूर्व सह—महामन्त्री गोविन्दराज पक्षधरको बाक्लो उपस्थिती हुने गर्दथ्यो ।जबकि काग्रेस वरिष्ठ नेता पौडेल पक्षधर भने छोले माइला दाईको चिया संसदमा उपस्थित हुने गर्दथ्यो ।यहाँसम्मकि यि दुई चिया संसदमा पौडेल र जोशी पक्षधरका कार्यकर्ताको कित्ता काटनै हुन गर्दथ्यो ।तर स्थान स्थान्तरण भएसगै लाङघाली चिया संसद पछिल्लो समय ओझेलमा परेको छ । काग्रेसको सभा सम्मेलन हुँदा चिया पसलमा गफ चुटेर पार्टी बिग्रिएको प्रसङग उठान हुँदा भने नेताहरुले लाङघाली चिया संसदको नाम भने छुटाउने गर्देनन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares