Sharing is caring!

v1

प्रकाश अधिकारी
भिरकोट २८ कार्तिक । नेपाली काग्रेसका कन्द्रीय सदस्य एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले तनहुँको दक्षिणी भेगको विकासको जिम्मा काग्रेसले लिने बताएका छन् । त्यसमा पनि व्यक्तिगत रुपमा यस क्षेत्रको विकास जिम्मा आफूले लिने भण्डारीको भनाई रहेको थियो ।

 

विगतमा पनि काग्रेसले दक्षिण भेगको विकासमा ध्यान दिएकै हो अब पनि दिन्छ भण्डारीले भने । खासगरी दक्षिणी भेगलाई जोड्ने सडक मार्ग पीच गर्ने देखि खानेपानी ,शिक्षा र स्वास्थ्यको विकासमा काग्रेसले विशेष ध्यान दिने भण्डारीको भनाई रहेको थियो । सो कुरा भण्डारीले भिरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मंगलबार बताएका हुन् । दक्षिणी भेग कला र सस्कृतिको क्षेत्रमा समेत निकै धनी रहेको हुँदा यस क्षेत्रको कला संस्कृति जगेर्नामा विशेष ध्यान दिने भण्डारीको भनाई रहेको थियो ।

v10काग्रेसले प्रतिनिधी सभा र प्रदेश सभामा हैसियत पुगेका उम्मेदवार दिएको हुँदा काग्रेसका उम्मेदवारलाई जिताउन समेत भण्डारीले मतदातालाई आग्रह गरेका थिए ।काग्रेसले अहिले क्षेत्र नं २ को प्रतिनिधी सभा र प्रदेशमा जुन उम्मेदवार दिएको छ वाम गठवन्धनले उक्त हैसियत भएका उम्मेदवार दिन अझै १० बर्ष कुनुपर्छ भण्डारीले भने ।
त्यसैगरी सोही सभालाई सम्बोधन गर्दे प्रदेश नम्बर २ का उम्मेवार धु्रव वाग्लेले दक्षिण भेगका बासिन्दाका मुहार फेर्न काग्रेस प्रतिबद्ध भएर लाग्ने बताएका थिए । अहिले दक्षिण भेगले जुन मुहार फेरेको छ त्यो काग्रेसकै कारण भएको र आगामी दिनमा अझ सशक्त ढंगले वाग्लेको भनाई रहेको थियो । दक्षिण भेगलाई भारत संग सिधा जोड्नका लागि सडक मार्ग निर्माण गरिने समेत वाग्लेको भनाई रहेको थियो ।

v2 v3

वडा नं ४ का वडा सभापति भोजराज रानाभाटको सभापतित्वमा सम्पन्न सो सभामा प्रदेश समानुपातिक उम्मेदवार झुलबहादुर आले, जिल्ला उपसभापति जितप्रकाश आले, राजेन्द्रकृष्ण श्रेष्ठ, गिनुमाया थााप ,रामकृष्ण वि.क.,मोहन गिरी,अमर गिरी, श्रीबहादुर थापा र टुनबहादुर नेपाली लगायतले बोलेका थिए ।

v8 v11

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares