Sharing is caring!

31416876_1752504738128369_7614815985119749670_n
दमौली १६ वैशाख ।
तनहुँँको सदरमुकाम दमौलीमा तमु चलचित्र महोत्सव २०७५ आयोजना गरिने भएको छ ।

31432414_237657533645328_3505513338756923392_n
महोत्सव आगामी जेठ ४ र ५ गते आयोजना गरिने भएको छ । गुरुङ फिल्म एशोसियसनको आयोजना तथा गुरुङ फिल्म एशोसियसन तनहुँ र आदिवासी जनजाति जिल्ला समन्वय समिति तनहुँको सह—आयोजनामा सो चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा कर्म क्या ,मैरिमो ,  समिङही  र ङै माया क्योलाई प्रर्दशन गरिने छ । गुरुङ फिल्म एशोसियसन तनहुँका सल्लाहकार गलबहादुर गुरुङका   अनुसार  महोत्सवमा प्रर्दशन गरिने चलचित्र गुरुङ सस्कृतिमा आधारित हुनेछ ।

31531162_1752505288128314_3476157313037453876_n

यसैबीच महोत्सव आयोजनाको पूर्वसन्ध्यामा शनिबार दमौलीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।अन्तरक्रिया कार्यक्रममा गुरुङ समुदाय संग सम्बन्धित विभिन्न संघसंस्था ,आदिवासी जनजाति जिल्ला समन्वय समिति संग आवद्ध जातिय संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार एवं जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङ र आदिवासी जनजाति जिल्ला समन्वय समिति तनहुँकी अध्यक्ष वसुन्धरा घर्ति लगायतले महोत्सव सफल हुनेमा जोड दिएका थिए ।साथै उनीहरुले यस किसिमको महोत्सवले गुरुङ समुदायको कला संस्कृति संरक्षणमा टेवा पुग्नेमा समेत जोड दिएका थिए ।

 

31369603_237316143679467_4266011098936770560_n
यसैबीच महोत्सवको पूर्वसन्ध्यामा जेठ ४ गते बिहान दमौली सरसफाई कार्यक्रम   लगायत अन्य कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares