Sharing is caring!

 

pjimageबहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली अस्ट्रेलियाको सिड्नीमा प्रर्दशनी हुने भएको छ। मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ लार्इ स्कूलको साथी, नारी नेपाल, रोट्याक्ट क्लव अफ फिस्टेल पोखरा, एनआरएन अष्ट्रेलिया, मगर समाज अष्ट्रेलिया, आयोजनामा गर्न लागिएको हो ।बृतचित्र प्रदर्शनीमा उठेको रकम मुगु जिल्लामा आवशिय बिद्यालय बनाउन खर्च गरिने स्कुलको साथी कार्यक्रमका संयोजक सागर लोहनीले जानकारी दिए।

‘सुनकली’ न्यू साउथ वेल्समा रहेको वेट पार्क लिडकममा ११ सेप्टेम्बरमा नवास फुटवल फाइनल पछि प्रदर्शन हुन लागेको हो । डकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएकोले पनि अर्थ पूर्ण रुपमा हेरिएको छ।५० मिनेट लामो उक्त डकुमेन्ट्रीको निर्देशन गरेका पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनका साथीहरुको फुटबल कथालाई डकुमेन्ट्रीमा उतारेका छन् । निर्देशकका भाटका अनुसार, ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

नार्कोसीको बिशेष सहयोगमा  सेप्टेम्बर १८ तारिखका दिन सिड्नीको बेट पार्क, लिडकममा सुनकलीको खुल्ला प्रदर्शनी गर्न लागेको हो ।उक्त कार्यकरम लाई इनोभेटिभ एशोसियन, एड्भान्स कलेज अफ हेल्थ, लाहुरी टिभी, नवास, नेपालीपत्र,  लगायतका संघसंस्थाको पनि सहयोग रहेको छ ।

 

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares