Sharing is caring!

1504536_575284819222292_274103157_n
दमौली २० साउन । अधिकांश नेपाली सपनामा  युरोप र अमेरिका पुगेको देख्छन् तर व्यास– ११ स्थायी घर भएका  उसुका राष्ट्रिय प्रशिक्षक चोकबहादुर थापा भने सपनामा पनि उसुको  प्रशिक्षण  दिइरहेको देख्छन् ।

२०४८ साल देखि उसुमा लागेका थापा जिल्ला  र जिल्ला क्षेत्र हुँदै यतिबेला राष्ट्रिय प्रशिक्षकको भूमिका निर्वाह गर्दे आईरहेका छन् । काठमाण्डौं आएका प्रशिक्षक चन्द्र लामा मार्फत प्रशिक्षण लिएर उसु खेलमा प्रवेश गरेका थापाले २०४९ सालमा उसु तर्फ नेशनल च्याम्पिएनको उपाधि हात पारेका थिए । त्यस्तै भारतको भएको प्रतियोगितामा थापाले कास्य पदक हात पारेका थिए । एक पछि अर्को सफलता हात पारे सगै थापा खेलाडीको रुपमा मात्र नभई प्रशिक्षकको भूमिका निर्वाह गर्न पुगे ।

11694008_879637302120374_4136629129292340162_n

२०५१ साल देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दे आएका थापाले पछिल्लो समयमा भने थापाले केन्द्रीय उसु प्रशिक्षण केन्द्र र सशस्त्र प्रहरीमा उसुका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिईरहेका छन् । यसअघि तनहुँ , सुनसरी र काठमाण्डौमा रहेर थुपै उसुका खेलाडीहरुलाई प्रशिक्षक थापाले प्रशिक्षण दिईसकेका छन् ।

राष्ट्रिय प्रशिक्षक थापा नेपालमा मात्र सिमित छैनन । उनले थुप्रै अन्तराष्ट्रिय प्रतियोगितामा ए ग्रेडको निर्णायकको भूमिका निर्वाह गरेका छन् । प्रशिक्षक थापाका अनुसार उनले सन् १९९७ मा
साउथ एशियन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै थापाले सन् २००४ मा चीनको बेइजिङमा समेत अन्तराष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेका थिए ।त्यसैगरी ,भारत ,श्रीलङका र कतार लगायतका मुलुकमा भएका प्रतियोगिताहरुमा समेत निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

11755151_879604375457000_1833499617471532282_n

नेपालमा उसुको प्रशस्त सम्भावना हुँदा पनि राज्यको ध्यान नपुग्दा उसु ओझेलमा परेको प्रशिक्षक थापा बताउँछन् । विगतलाई एक पटक पछाडि फर्केर हेर्ने हो भने अन्तराष्ट्रिय स्तरमा उसुका खेलाडीहरु पदक जितेका छन् ।तर खेलाडीहरु प्रति राज्यले वेवास्ता गरिदिदाँ खेलाडीहरु पलायन हुन पुगेका छन् प्रशिक्षक थापा भन्छन् । अन्तराष्ट्रिय स्तरमा मुलुकको इज्जत बढाउने हो भने उसुमा राज्यले लगानी गर्नु पर्ने थापा बताउँछन् ।२०६१ देखि राष्ट्रिय खेलकुद परिषदको स्थायी प्रशिक्षकमा रहेका थापा जिल्ला तहमा झन राज्यको कुनै ध्यान नपुगेको बताउँछन् ।

mahendra-rb-a

तनहुँ जिल्लामा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका थापा जिल्लामा खेलक्षेत्रमा प्रचुर सम्भावना भएपनि खासै ध्यान पुग्न नसकेको बताउँछन् । केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिमा नयाँ नेतृत्व चयन भएको विषयले आफूलाई समेत खुसी  तुल्याएको प्रशिक्षक थापाको भनाई छ । नयाँ नेतृत्वले जिल्लाको खेलकुद गतिविधी अगाडि बढाउनेमा आफू विश्वस्त रहेको समेत प्रशिक्षक थापाले बताए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares