Sharing is caring!

f1
दमौली ५ कार्तिक । व्यास युथ क्लव ११ को आयोजनामा शुक्रबार देखि व्यास कप २०७३ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

सो प्रतियोगिताको पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले उद्घाटन गरेका थिए ।प्रतियोगिताको उद्घाटन गर्दे पौडेलले खेलक्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।त्यस्तै पौडेलले खेलक्षेत्रमा राज्यको लगानी बिनानै नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्नु सुखद पक्ष भएको बताएका थिए ।

f2
क्लवका अध्यक्ष कुमार गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषि भूषाल ,सहयोगदाता विनोद थापा , जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुरेन्द्र गुरुङ, नेपाली काग्रेस क्षेत्र नं २का सचिव तुलसीराम सापकोटा ,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी लगायतले बोलेका थिए । यसैबीच आज भएको उद्घाटन खेलमा दोभान क्लव भादगाउँ र आयोजक व्यास युथ क्लव वी बीच भएको खेलमा दोभान क्लव विजयी भएको छ । दोभानका तर्फबाट २ गोल भएको थियो भने आयोजकका तर्फबाट १ गोल भएको थियो ।

f3

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares