Sharing is caring!

बन्दीपुर १७ साउन  । सिटी डेभलमेण्ट बैंकले पर्यटकीय नगरी बन्दीपुरमा शाखा स्थापना गरेको छ ।

बन्दीपुरमा स्थापना गरिएको सो शाखाको नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्नु गरेक थिए ।  सो अवसरमा बोल्दै डेपुटी गर्भनर अधिकारीले बैंकहरु ग्रामिण क्षेत्रमा समेत पहुँच पुग्ने गरी शाखा  स्थापना गर्न राष्ट्र बैंकले पहल गरिरहेको बताएका थिए । साथै  अधिकारीले कृर्षि पेशाका लागि सहुलियत पूर्ण ऋणको व्यवस्था गरिएकाले आबद्ध फम दर्ता गरेर सुविधा लिनु पर्नेमा जोड समेत दिएका । हरेक परिवार मध्ये कम्तिमा एक जनाको बैंकमा खाता हुनु पर्ने राष्ट्र बैंकले जोड दिएको डिपुटी गर्भनर अधिकारीको भनाई रहेको थियो ।

बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजुको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी , तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाईका अध्यक्ष कृष्ण पिया , बन्दीपुर नगर विकास समितिका अध्यक्ष घनश्याम श्रेष्ठ , खड्गमाई आमा समुहकी अध्यक्ष उमा श्रेष्ठ , बैंकका बन्दीपुर शाखाका प्रबन्धक सुरेशकुमार श्रेष्ठ लगायतले बन्दीपुरमा बैंक नभएकाले यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

बन्दीपुरमा स्थापना गरिएको सिटी बैंकको शाखा १७ औं शाखा हुन पुगेको छ । बन्दीपुरमा बैंकले शाखा स्थापना गरेपछि बन्दीपुरबासीहरु बैकिङ्ग कारोबार गर्न डुम्रे बजार वा सदरमुकाम दमौली आउनु पर्ने बाध्यताको अन्त्य भएको छ । बन्दीपुरमा शाखा स्थापना भएको यो पहिलो बैंक हो ।

उद्घाटनका समारोहमा जानकारी दिए अुनसार  कृषि पेशाका लागि बैंकले ६  प्रतिशत व्याजमा ऋण उपलब्ध गराउँदै आएको । आठ वर्ष देखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । बैंकका अनुसार २०७२ असार मसान्त सम्ममा रु ५ अर्ब ६ करोड ७३ लाख निक्षेप संकलन, रु ४ अर्ब १६ करोड २२ लाख कर्जा लगानी गरी रु. २४ करोड १५ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको छ । कार्यक्रमका अवसरमा  ग्रामीण भेगलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको जानकारी दिइयो । सोही अवसरमा नेपाल राष्ट्र बैंकका मार्ग निर्देशनहरुलाई पालाना गर्दै अझ विश्वसनिय तथा प्रभावकारी सेवा प्रदान गर्ने तथा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्धता बैंकले जनाएको थियो ।

बैंकको कास्कीमा चिप्लेढुङ्गा ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा र नागडाँडामा शाखा रहेको छ । तनहुँमा  भिमाद बजार, दमौली र बन्दीपुर र तुरतरेमा रहेको छ ।  भा लमजुङको भोटेवडार , साथै नेपालको दुर्गम जिल्ला मानिने मनाङको चामेबजार, लेखनाथको शिशुवा, चितबनको नारायणगढ्, बाग्लुङको महेन्द्रपथ, कास्की लामाचौर, बाग्लुङको कुश्मीशेरा, चितवनको मालपोतचोक र १७ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र पोखरामै प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम फाइनान्स कम्पनी सँग मर्ज गरि राष्ट्रिय स्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ मर्जरको लागि समझदारी पत्रमा समेत हस्ताक्षर भैसकेको बैंकले जनाएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares